आर्थिक समृद्धिका लागि एकजुट हुनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

७ बर्ष अगाडि

स्याङ्जा - उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बेला आएको बताएका छन्  । 

स्याङ्जा सदरमुकाममा रहेको लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाको चौँथो अधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीतिक मुद्दा टुङ्गिएकाले अबको पालो मुलुकको आर्थिक समृद्धिको रहेको बताएका हुन्  । 

“मुलुकमा अहिले तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको र सिंहदरबारको अधिकार गाउँगाउँमा पुगिसकेको छ”–उपप्रधानमन्त्री श्रेष्ठले भने, “निर्वाचनका बेला भिन्नभिन्न भए पनि अब मुलुकमा दिगो शान्ति, सन्तुलित विकास र आर्थिक समृद्धिका लागि पनि सबै राजनीतिक दल एकै ठाउँमा उभिनुको विकल्प छैन ।”
 

७ बर्ष अगाडि

प्रतिक्रिया