ओली सरकारका मन्त्रीको सम्पत्ति अर्ब माथि:महासेठले लुकाए

८ बर्ष अगाडि

काठमाडौं । आफूलाई गरिब जनताको अग्रदूताको रुपमा दावी गर्ने तत्कालीन नेकपा(एमाले)का नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको सम्पत्ति विवरण धेरै देखिएको छ ।
उनले सार्वजनिक गरेको विवरण समेत पत्याउन नसकिने खालको रहेको छ । नेपालको राजनीतिमा चप्पल लगाएर काठमाडौँ छिरेका महासेठको देखाइएको सम्पत्ति भन्दा बढी अरु सम्पत्ति रहेको पाइएको छ ।
काठमाडौँको नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यिय सहकारी संस्था समेत उनैको नाममा रहेको छ । सो संस्थाले बसपार्कमा पछिल्लो समयमा एकाधिकार समेत चलाइरहेको छ । गृहमन्त्री रामबहादुर थापा एकाधिकार अन्त्य गर्न दिनरात लागिपरेको बेला उनै महासेठ भने एकाधिकार कायम राखी राख्न लागिपरेका छन् ।
उनको संस्थाले टिकट काट्ने देखि यात्रु ठग्ने सम्मको काम गरेको भन्दै प्रधानमन्त्री केपी ओली समक्ष उजुरी समेत परेको छ । तर उजुरी माथि छानबिन समेत भएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई जवरजस्ती मन्त्रालयमा तानेर एकाधिकार कायम गराउने हर्कमा समेत उनको नाम जोडिएको छ ।
प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नै रुपनारायणलाई मन्त्रालय तानिएको बताइन्छ । यस्तै मृत अवस्थामा रहेको युटिएल नेपालमा समेत महासेठको लगानी रहेको छ । सो कम्पनीमा रहेका करिब २४ प्रतिशत शेयर उनै महासेठको भएपनि सम्पत्ति विवरणमा उनले त्यो देखाएका छैनन । यस्तै केही यातायात कम्पनीमा समेत महासेठ संलग्न रहेका छन् ।
तर ती कुनै पनि विवरण उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छैन । नवधनाढ्यका रुपमा उदाएका महासेठ केपी ओलीका खास मान्छे हुन् । आर्थिक समृद्धि र समाजवादको नारा अगाडि सारेको वर्तमान सरकारको सैभन्दा धनी मन्त्रीका रुपमा उनै महासेठ देखिएका छन् ।  केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् ।
मन्त्री महासेठका  तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् ।   २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पति विवरणमा उल्लेख छ ।
महासेठको अधिकांश सम्पति श्रीमतिका नाममा रहेको देखाएका छन् । यो सरासर गलत विवरण रहेको उनलाई नजिबाट चिन्ने जान्ने बताउँछन् ।  मन्त्री महासेठका जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको विवरणमा छ । ती घरहरु जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय बर्गफिटमा फैलिएको छ भने ललितपुरको ५८ सय बर्गफिटमा फैलिएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ ।
त्यस्तै मन्त्री महासेठका नाममा मुलुकका विभिन्न सात स्थानमा जमिन रहेको पनि विवरणमा उल्लेख छ । धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढि जमिन रहेको पाइएको छ । उक्त जमिनमध्ये ५ स्थानको जमिन मन्त्री महतोकी श्रीमति जुली महताको नाममा रहेको छ  भने २ स्थानको मन्त्री महासेठकै नाममा छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र  ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि  छ ।
 त्यस्तै ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । केही सम्पत्ति मन्त्री महासेठले सगोलको भएको विवरणमा खुलाएका छन् ।
त्यस्तै मन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी , सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ । त्यस्तै मन्त्री महासेठको करोडौ रुपैयाँ बरारको शेयर लगानी रहेको छ । तरार्य मधेशमा जाने अधिकाशं सरकारी परियोजनाको ठेक्का देखि अन्य काम समेत उनै महासेठले लिने गरेका छन् । बहुदल स्थापना पछि अधिकाशं समय मन्त्री तथा उच्च लाभको पदमा पुगेका महासेठको उदयलाई तराई मधेशका जनताले समेत अस्वाभाविक रुपमा लिएका छन् ।
यस्तै ओली सरकारका  अर्थमन्त्री डा. युवराज खतिवडाको पनि सम्पत्ति विवरण अस्वभाविक देखिएको छ । सरकार गठन भएको ६० दिन भित्र सार्वजनिक गर्नुपर्ने विवरण लामो समयसम्म प्रधानमनत्री तथा मन्त्रिपरिषद् कार्यालयमा लुकाएर राखियो । सुशासन ऐनको प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र विवरण सार्वजनिक गर्नुपर्नेमा ऐनको वर्खिलाप हुने काम गरियो । प्रधानमन्त्री ओलीलगायत मन्त्रीले सुशासन ऐनको वर्खीलाप गरेको भन्दै यस साप्ताहिकले केही समयपहिले देखि निरन्तर खबरदारी गर्दै आएको थियो ।
अख्तियार दुरुपयोग अनुसनधान आयोग र राष्ट्रिय सर्तकर्ता केन्द्रले साना कर्मचारीले विवरण नबुझाए पाँच हजार जरिवान गर्ने गरेको छ । तर ठूला र पदमा रहेका आफूलाई सम्मानित बताउने व्यक्तिले नै ऐनको वर्खीलाप हुने गरी काम गर्दा समेत ती निकाय चुपचाप बसे । प्रधानमन्त्री ओली स्वयम्ले समेत सम्पत्ति विवरण सार्वजनिक गर्न लामो समयदेखि अटेर गर्दै आएका थिए । सोही अटेरीका कारण उनको समेत चर्को आलोचना भएको थियो । आलोचना भएपनि बाध्य भएर सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
बुधबबार सार्वजनिक गरिएको विवरणअनुसार ओली सरकारका अथृमनत्री डा खतिवडाको विवरण समेत हावादारी र तथ्य भन्दा बाहिरको रहेको पाइएको छ ।
उनीसँग  ६२ हजार ७०३ अमेरिकी डलरसहित विभिन्न ठाउँमा जग्गाजमिन रहेको छ । उक्त डलर कुन स्रोतबाट आएको हो, र कसरी कमाइएको हो भन्ने बारेमा खतिवडाले स्पष्ट पारेका छैनन् । समान्यता वैधानिक नै भएपनि मोटो डलर कुन स्रोतबाट आएको हो भन्ने बारेमा कानुनअनुसार केन्द्रीय बैंकलाई जानकारी दिनुपर्ने पवधान छ ।
 तर खतिवडाले ती विषयमा कुनै जानकारी दिएका छैनन् । खतिवडा आफै निजी जग्गा र घर तथा सम्पत्ति राख्नुहुन्न । त्यो अनुत्पादक हो भन्ने भाषण गर्छन । तर उनकै बढी मात्रामा घर जग्गा , डलर तथा अन्य सम्पत्ति रहेको छ । यसबाट के देखिन्छ भने उनको कथनी र करनीमा फरक देखिएको छ । आकाश जमिनको अन्तर रहेको उनको अस्वाभाविक सम्पत्ति देखेर समाजवादको यात्रामा लागेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जिभ्रो टोकेका छन् ।
 बुधबार सम्पति विवरण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको सापटी, संयुक्त राष्ट्र संघमा काम गर्दा भएको आम्दानीबाट जग्गाजमिन जोडेको जनाएका छन् । जुन नेपाली उखान झुटको खेती खाइपत्याइनु भने जस्तै देखिएको छ ।
डा. खतिवडाले काठमाडौं ४ मा ५ आनामा आफैले घर बनाएको विवरण सार्वजनिक गरेका छन्। यो घरजग्गा राष्ट्र बैंकको सेवामा हुँदा त्यहाँबाट सापटी लिएर किनेको उल्लेख गरेका छन्। साथै श्रीमती कमला खतिवडाको नाममा काठमाडौं ४ मा १४ आना जग्गा पनि छ । त्यहाँ पनि उनको घर छ । यो घरजग्गा राष्ट्र संघको सेवामा काम गर्दा भएको आयबाट किनेको विवरणमा उल्लेख गरिएको छ । तर उनले सो समयमा कमाएको रकम सो भन्दा बढी रहेको र उनले अदृश्य रुपमा अन्यत्र लगानी गरेको भएपनि सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।
घर जग्गालाई अनुत्पादक भन्ने अर्थमन्त्री खतिवडाको भक्तपुर चाँगुनारायणमा १२ आना ४५ लाख रुपैयाँमा संयुक्त राष्ट्र संघको तलवबाट जग्गा किनेको जनाएका छन् । यसैगरी संयुक्त राष्ट्र संघको आयबाटै श्रीमती कमलाको नाममा चाँगुनारायणमा १२ आना ४५ लाखमा रुपैयाँमा जग्गा किनेको पनि अर्को विवरणमा उल्लेख छ।
श्रीमती कमलाको झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा छ । यसको खरीद मूल्य रु २६ लाख रुपैयाँ रहेको देखाइएको छ । यसैगरी श्रीमती कमलाको नाममा दोलखाको जिरीमा ४ लाखको जग्गा किनिएको छ । यो जग्गा निजी बचतबाट किनिएको उल्लेख छ ।
 अर्थमन्त्रीको झापाको बुद्ध शान्तिमा १० कठ्ठा जग्गा ५ लाख रुपैयाँमा निजी बचतमा किनेको उल्लेख गरेका छन ्। यसैगरी श्रीमती कमलासँग संयुक्त नाममा काठमाडौं कागेश्वरीमा चार रोपनी १ आना २ पैसा जग्गा किनेको पनि उल्लेख छ । राष्ट्र संघमा कन्सल्टेन्सी गरेको आयबाट २४ लाख रुपैयाँमा जग्गा किनेको विवरणमा उल्लेख छ ।
 अर्थमन्त्रीसँग सुन १० तोला सुन र एक किलो चाँदीका गहना छन्। ९० लाख रुपैयाँ हाराहारी नगद बैंकमा छ भने दुई सहकारीको शेयर किनेका छन्। ५ लाख ५ हजार रुपैयाँको शेयर किनेको विवरणमा उल्लेख छ । यसैगरी २४ लाख रुपैयाँ विभिन्न ब्यक्तिलाई ऋण दिएका छन् । घर जग्गालार्य अनुत्पादक भन्ने अर्थमन्त्रीले कसरी जोडे यत्रो जग्गा , उनले आफै बढी भन्दा बढी जग्गा जोड्ने तर अरुलाई भने अनुत्पादक भनेर आफू भने धमाधम जग्गा जमिन जोड् लाग्नुले पनि उनीमाथि नैतिकताको प्रश्न खडा भएको छ ।
त्यतिमात्रै होइन अर्थमन्त्री डा खतिवडाको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत शेयर रहेको छ । शेयर बजार घटाउन मनलाग्दी अभिव्यक्ति दिने खतिवडा आफै भने संस्थागत रुपमा शेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । अर्थृमन्त्रीका रुपमा उनी सिंहदरबार छिरेपछि साना शेयर लगानीकर्ता जीवन मरणको दोसाधमा पुगेका छन् । सानो लगानीबाट नापाm कमाउने आशमा रहेका लगानीकर्तालार्य घर न घाटको बनाएर आफू भने शेयरमा लगानी गर्ने उनको दोग्ला चरित्रले स्वयम् उनैलाई फाइदा नगर्ने जानकारहरुको भनाइ छ ।
त्यसो त संघीय संसद्मा बजेट पेश गरेपछि उनलाई अर्थमन्त्रीबाट हटाउने तयारीमा प्रधानमन्त्री ओली पुगेका छन् । बजेट निर्माणमा सबै पक्षसँग सम्वाद नगरेको तथा आनै पार्टीका नेता तथा कार्यकर्तालाई कुनै सोधखोज नगरेको, रुखो व्यवहार गरेको, ढुकटी सकिएको भन्दै नागरिकलाई मानसिक रुपमा प्रहार गरेको तथा राजनीतिक भन्दा पनि बढी प्रक्रिया खोजेर दुःख दिएको जस्ता अभियोग डा खतिवडामाथि लागेको छ । जनताका साना तिना कामलाई मिलाएर पठाउनुको साटो प्रक्रिया नमिलेको भन्दै पठाएको भन्दै प्रधानमनत्री स्वयम् समेत डा खतिवडाप्रति आगो भएका छन् । संघीय संसदमा बजेट पेश गरेपछि उनलाई बर्खास्त गर्ने तयारी गरिएको ब्ुझिएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया