एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले प्राथमिक शेयर आईपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँको आईपिओ निष्काशन गर्न लागेको हो ।
आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसेको कम्पनीले सार्वजनिक निष्काशनका लागि क्रेडिट रेटिङ्ग गराएको हो ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपिओलाई ’केयर एनपी आईपिओ ग्रेड ४’ दिएको हो । यसले कम्पनीको वित्तीय अवस्थालाई औषत भन्दा तल रहेको जनाउँदछ ।
कम्पनीले असार ३१ गते नै आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगिसेको छ । यस्तै आईपिओ निष्काशन लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
कम्पनीले पाँचौ वार्षिक साधारण सभाबाट आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी रु ७३ करोड ५६ लाख छ भने आईपिओ निष्काशन पछि एक अर्ब ७ करोड पुग्नेछ ।
प्रतिक्रिया