सूर्या लाइफ इन्स्योरेन्सले यही भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत बराबरले हुन आउने रु ८८ करोड ७४ लाख को हकप्रद शेयर बिक्री खुला गरेको छ। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले हकप्रद जारी गरेको हो ।
इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा बुकक्लोजको अघिल्लो दिन अर्थात साउन २८ गते मंगलबारसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।
साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो।
कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले सूर्या लाइफको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ ।
हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ ।
प्रतिक्रिया