बुटवलमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको  मृत्यु

६ बर्ष अगाडि

बुटवल – रुपन्देहीको बुटवलमा   ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

।लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउसो किच्दा साइकलमा सवार  पाल्पा रैनादेवी गाउँपालिका बार्ड नम्बर ७ बस्ने २५ बर्षमा पूर्व वहादुर रास्कोटीको मृत्यु भएको छ । सोही स्थानमा ३६ बर्षिय थम्मन सिह रास्कोटी घाईते भएका छन् ।

घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया