काठमाडौं – नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। कोषले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
कम्पनीले लाभांस पारितका लागि भदौ ३० गते साधारणसभा डाकेको छ। कोषको शेयर पूँजी रु १ अर्ब १० करोड २३ लाख छ।
कोषले गत आर्थिक बर्ष रु ४३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो बर्ष कोषको नाफा रु ३५ करोड ९३ लाख रुपैया थियो । कोषको कुल आम्दानी रु ७९ करोड ८३ लाख छ । कोषको कुल खर्च रु २० करोड ५० लाख छ । ।
कोषले एक बर्षमा ब्याज आम्दानी ४ करोड ७५ लाख गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी रु ७३ करोड ५० लाख गरेको छ ।
प्रतिक्रिया