प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) ले स्वास्थ्यतर्फ प्राविधिक एसएलसी, डिप्लोमा÷प्रमाणपत्र तहको शुल्क तोकेको छ ।
सिटीइभिटीले सिएमए, अनमी, फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ्गतर्फको शुल्क तोकेको हो ।
नयाँ शुल्क अनुसार अब प्राविधिक एसएलसी सरहको सिएमए अध्ययन गर्नेहरुले एक लाख रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । सोही तहको अनमीले भने १ लाख २० हजार शुल्क निर्धारण गरिएको सिटीइभिटीले जनाएको छ ।
डिप्लोमा इन फार्मेसी अध्ययनका लागि ३ लाख ३७ हजार ८ सय शुल्क तोकिएको छ । प्रमाणपत्र तहको सामान्य चिकित्सा (नजरल फिजिसियन)का लागि ४ लाख ४ हजार र सोही तहको नर्सिङ्गका लागि ४ लाख ७५ हजार शुल्क रहेको सिटिइभिटिले जनाएको छ ।
शिक्षण संस्थाहरुले प्रविणता प्रमाणपत्र तहको सबै विषयको शुल्क पहिलोवर्ष ४० प्रतिशतमात्र लिन पाउने छन् । दोश्रो र तेश्रो वर्षमा ३०÷३० प्रतिशतमात्र शुल्क लिनुपर्ने व्यवस्था रहेको सिटिइभिटीले जनाएको छ ।
तोकिएको शुल्क किस्तावन्दीमा शुल्क तिर्न र कसैले थप शुल्क लिएमा तुरुन्त उजुरी गर्न पनि सिटिइभिटिले आग्रह गरेको छ ।
थप शुल्क लिनेलाई कडा कार्वाही गर्ने सिटिइभिटीले जनाएको छ ।
प्रतिक्रिया