काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रु ७२ करोड ५६ लाख ६० हजार बराबरको ७२ लाख ५६ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
चुत्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर बाँडफाँडपछि युनाइटेडको चुत्तापुँजी रु १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ ।
बिमा समितिले निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्युनतम पुँजी रु १ अर्ब तोकेपछि युनाइटेडले हकप्रद निष्कासन गरेर पुँजी बढाउन लागेको हो । हकप्रद सेयर निष्कासन बन्द असोज ६ गते हुने छ । युनाइटेडलाई केयर नेपालले आईपीओ ग्रेड ४ दिएको छ ।
प्रतिक्रिया