लागुऔषधसहित दुई पक्राउ

६ बर्ष अगाडि

मकवानपुर प्रहरीले  ११२ किलोग्राम लागुऔषध ९गाँजा० सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई  पक्राउ गरेको छ ।

हेटौँडा–१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा५ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने वर्ष २० का भिमसेन मोक्तान र सोही ट्रकमा सवार  वर्ष २६ का  रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ । 

यसैगरी हेटौँडा १९ नेवारपानी बीचटोलस्थित धानखेतमा लुकाएर राखिएको  गाँजा प्रहरीले बरामद गरेको छ । ओसारपसार गर्ने उद्देश्यले कालो प्लाष्टिकमा प्याकिङ गरेर राखिराखेको अवस्थामा ५३ किलोग्राम गाँजा बरामद गरिएको र यसमा सम्लग्न व्यक्तिबारे खोजबिन  भइरहेको उक्त कार्यालयले जनाएको छ । ९तस्वीर उपलब्ध छ०

६ बर्ष अगाडि

प्रतिक्रिया