काठमाडौं – पछिल्लो समय नेपाल टेलिकमको नाफा अत्यधिक घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार टेलिकमको नाफा ४१.६१ प्रतिशले घटेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमासमा टेलिकमको नाफा १० अर्ब २० करोड ८१ लाख ६८ हजार ४५० रुपैयाँ मात्र रहेको छ ।
जबकी अघिल्लो आवको सोही अबधिमा १७ अर्ब ४८ करोड ३८ लाख १ हजार ८२७ रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा जगेडा कोषमा ८४ अर्ब ३२ करोड ८० लाख ८७ हजार १८८ रुपैयाँ रहेको टेलिकमको गतवर्ष भने जम्मा ८६ अर्ब ७३ करोड १७ लाख १ हजार ८७५ रुपैयाँ रहेको छ ।
टेलिकमको चुक्ता पुँजी १५ अर्ब रहेको छ ।
अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ११६ रूपैयाँ ५६ पैसा रहेकोमा गतवर्ष जम्मा ६८ रुपैयाँ ०५ पैसा छ ।
प्रतिक्रिया