जिल्लाका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे, झाप्रा, अर्छानीलगायतका स्थानमा पाइने चिरकालीजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पक्षी संरक्षण सङ्घका सदस्यसमेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिँहले बताउनुभयो । विश्वमै दुर्लभ पक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको उहाँको भनाइ छ ।
यसको संरक्षणको लागि अहिलेसम्म कुनै निकायबाट पहल भएको छैन । सरकारले नौ प्रजातिका संरक्षित चराको सूचीमा चिरकालीजलाई राखेको छ । यसलाई मारेमा कानूनी कारवाही हुने व्यवस्थासमेत गरिएको छ तर नियामक निकायले बेवास्ता गर्दा र यसको महत्वबारे स्थानीयलाई जानकारी नहुँदा चिरकालीज मार्ने क्रम बढिरहेको हो ।
चोरी शिकारीका साथै वनजङ्गलको विनाश र आगलागीका कारण पनि चिरकालीजलाई प्रतिकूल असर परिरहेको छ । जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसको संरक्षण गर्नसके जाजरकोटमा चिरकालीजलाई प्रशस्त मात्रामा वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ ।
पक्षी विज्ञ कृष्णप्रसाद भुसालको टोलीले चार वर्ष अघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनबाट चिरकालीज रहेको तथ्य फेला पारे पनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन । चिरकालीज पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने संरक्षणविद्को भनाइ छ ।
चिरकालीजलाई स्थानीयले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन् । भौगोलिक विकटता र असुरक्षाका कारण चिरकालीजको चोरी शिकारी बढ्दै गएको हो । समयमै संरक्षण नगर्ने हो भने यहाँको चिरकालीज पनि लोप हुने अवस्थामा पुगेका हुन् ।
पारस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न वन्यजन्तु संरक्षण गर्नुपर्छ । मानव र जीवजन्तुबीचको अन्तरक्रियाले मानव समाज, आर्थिक तथा सांस्कृतिक जनजीवन, वन्यजन्तुुको संरक्षण र वातावरणमा नकरात्मक असर पुु¥याउँछ निमित्त डिभिजन प्रमुख महेश कुमाईले भन्नुभयो, “वन्यजन्तुको वासस्थान विनाश हुनु, खानेकुराको अभाव, वन अतिक्रमण, वन क्षेत्रमा मानवीय चापले गर्दा मानव र वन्यजन्तुबीच द्वन्द्व सिर्जना हुन्छ ।”
प्रतिक्रिया