लोक सेवा आयोगले एकवर्षमा विषय नखुलेको क्षेत्रमा मात्रै पौने १६ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा लोक सेवाले विविध खर्च भनेर रु १६ करोड ७२ लाख २६ हजार ४ सय ३१ खर्च गरेको हो। खर्च शीर्षक नम्बर २२७११ को उक्त खर्च भएको हो ।
अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका अनुसार उक्त शीर्षकमा स्वीकृत भएका मनोरञ्जन, प्रदर्शन, चियापान र भोजहरुसम्बन्धी खर्च पर्दछ । त्यसैगरी कार्यालय सुरक्षसम्बन्धी खर्च, प्रतिनिधिमण्डलको स्वागत र अतिथि सत्कार खर्च पनि यस अन्तर्गत पर्छ । अन्य कुनै शिर्षमा नपरेको र नियमानुसार गर्नुपर्ने विविध खर्च पनि यस अन्तर्गत पर्ने अर्थले जारी गरेको खर्च शीर्षकको वर्गिकरण र व्याख्यामा जनाइएको छ ।
तर लोक सेवा आयोगका सूचना अधिकारी देविप्रसाद सुवेदीले भने उक्त खर्च परिक्षा सञ्चालनका लागि भएको बताए । “सबै कार्यालयहरुले कुन कुन परिक्षा सञ्चालन गर्ने भनेर पहिल्यै जानकारी नदिने भएकोले परिक्षा शिर्षकमा खर्च छुट्याउन गाह्रो हुन्छ, त्यसैले विविध अन्तर्गत राखेर खर्च गर्छौं”, उनले भने । लोक सेवाले परिक्षा सञ्चालनका लागि छुट्टै ८६ लाख ९९ हजार ७२९ खर्च गरेको छ । खर्च शिर्षक नम्बर २२४११ कोे सेवा र परामर्श अन्तर्गत ६ लाख ९९ हजार ९३३ र खर्च शिर्षक नम्बर २२४१२ कोे अन्य सेवा शुल्क भनेर ७९ लाख ९९ हजार ७९६ रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार ति शिर्षकहरु सरकारी कामको सिलसिलामा आवस्यक पर्ने परामर्श तथा अन्य सेवाहरु खरिद अन्तर्गतका शिर्षक हुन्। लोक सेवाले परिक्षा सञ्चालनको क्रममा सेवा र परामर्श लिन्छ ।
कूल बजेट ३४ करोड ५७ लाख ५२ हजार २५३ रहेको लोक सेवा आयोगको गत आर्थिक वर्षमा २७ करोड ९७ लाख ७२ हजार १३६ खर्च भएको छ ।
देशभर निजामती कर्मचारीको परिक्षा लिई छनोट र भर्ना गर्ने संवैधानिक आयोगको रुपमा रहेको लोकसेवाले निजामती बाहेक पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्दछ । त्यसका लागि अनामनगरका केन्द्रिय कार्यालय तथा दरखास्त व्यवस्थापन केन्द्र रहेको आयोगका देशभर अन्य १४ वटा कार्यालय छन् । आयोगमा अध्यक्ष सहित ६ जना पदाधिकारी र १७७ जना कर्मचारी कार्यरत छन् । सोही प्रयोजनका लागि लोक सोवा आयोगले चालू खर्च अन्तर्गत गत आर्थिक वर्षमा रु ३१ लाख ९५ हजार ५७६ पानी तथा विजुलीमा खर्च गरेको छ । आयोगको खर्चहरुमध्ये सञ्चार महसुलमा रु ७ लाख ७३ हजार ७७६, ईन्धनमा ३६ लाख ७२ हजार ४९१, भ्रमणमा १५ लाख ७८ हजार २३६, अनुगमन तथा मूल्यांकनमा रु ३ लाख ८७ हजार ३२१ र कार्यक्रम र विविध कार्यक्रम भनेर ९१ लाख ९३ हजार ५०४ खर्च गरेको छ ।
कर्मचारी तालिमको लागि २ लाख ३३ हजार १९६ खर्च गरेको आयोगले सिप विकास तथा जनचेतना तालिम र गोष्ठीमा रु १७ लाख २८७ खर्च गरेको छ ।आयोगमा संचालन तथा मर्मत सम्भार खर्च ४३ लाख ९९ हजार, बिमामा ५ लाख ५७ हजार, कार्यालय सम्बन्धी खर्चमा ५७ लाख ९८ हजार खर्च छ । तलवमा ७ करोड ३७ लाख खर्च भएको लोकसेवामा महंगी भत्ता ४० लाख ८४ हजार तथा पोशाकमा १८ लाख ९० हजार खर्च छ । पूँजीगत खर्चतर्फ फर्निचर तथा पिक्चर्स अन्तर्गत ९ लाख ९९ हजार ६६६, सवारी साधन ३ लाख ८५ हजार ८ सय खर्च गरेको छ । गत वर्ष ३५ लाख ३५ हजार ११५ को मेशिनरी औजार खरिद गरेको आयोगले २६ लाख १७ हजार ७ सय ७ रुपैयाँको सफ्टवेयर निर्माण खरिद गरेको छ । पूजीगत शीर्षक अन्तर्गत नै सार्वजनिक निर्माणमा ४ लाख ५३ हजार ५९४ र पूँजीगत सुधार खर्च अन्तर्गत सार्वनिक निर्माण भनेर १० लाख २० हजार ९३७ रुपैयाँ खर्चेको छ ।
प्रतिक्रिया