३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक, आजै अदालतमा बुझाइने

८ बर्ष अगाडि

काठमाडौं –३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ । 
गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई  सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए । 
उनले गोरेलाई मंगलबार विहान काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिए । गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ । 
गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।
अनुसन्धान टोलीले सुन तस्करी प्रकरणमा जोडिएका ६५ मध्ये ३२ जनालाई नियन्त्रणमा लिएको छ भने अझै ३३ फरार छन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया