ठगीकाण्डमा मन्त्रीलाई अदालतले बोलायो

६ बर्ष अगाडि

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ज्ञारेन्टी बनाएको अभियोगमा परेका छन् । 
ठेकेदार समेत रहेका खत्रीले १ करोड १० लाख भन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो । 
उच्चद अदालत पाटनले उनलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । 
खत्रीलगायत ५ जनामाथि बैंकिङ कसुरको अभियोगमा विशेष सरकारी वकीलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 
अरुलाई पक्राउ गरिएपनि मन्त्रीको हकमा केही नगरिएको भन्दै उच्च अदालतले उनलाई त्त्काल झिकाउन आदेश दिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया