हिरासतको ताला फोडेर रातारात थुनुवा फरार !

६ बर्ष अगाडि

झापा – केहिदिन अघि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रण लिएको थुनुवा फरार भएको घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर दुई भारतीय थुनुवा फरार भएका छन् । प्रहरी हिरासतमा रहेका दुई  भारतीय थुनुवा सोमबार राती साढे १ बजे फरार भएका हुन् ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेका छन् । यता प्रहरीको निगरानी हुँदाहुँदै हिरासत कक्षकै ताला फोडी कैदी भागेपछि प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।

फरार भएका दुवै भारतीय थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । थुनुवा फरार भएपछि डियुटीमा रहेका केही प्रहरीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ । 
अनुसन्धान मिडिया 
 

६ बर्ष अगाडि

प्रतिक्रिया