जुवा खालबाट नगदसहित पाँच पक्राउ

६ बर्ष अगाडि

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज तास खेलिरहेका  ती व्यक्तिलाई पक्राउ गर्नाका साथै जुवाखालबाट रु ३० हजार ६४० बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी उक्त परिसर र महानगरीय प्रहरी जगाती वृत्तबाट खटिएका २० प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक जग्गामा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले गाँजाका सबै बोट फँडानी गरी जलाएर नष्ट गरेको हो ।  प्रहरीले गुण्डु नयाँबस्तीमै ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । 

६ बर्ष अगाडि

प्रतिक्रिया