प्राधिकरण आक्रामक बन्दै, विद्युत् चोरी गर्नेलाई सार्वजनिक मुद्दा

७ बर्ष अगाडि

काठमाडौं –विद्युत् चोरी गर्नेलाई कडा नीति लिने तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणले अब भने तत्काल सार्वजनिक मुद्दा दायर गर्ने तयारी गरेको छ ।
सामान्य कारवाही गरेर मात्रै छाड्दा चोरमिा संलग्नहरुको मनोबल बढेको भन्दै प्राधिकरणले अब ठाँउको ठाँउ सार्वजनिक मुद्दा दर्ता गर्ने र मोटो रकम जरिवाना गर्नेसम्मको नीति अख्तियार गरेको छ ।
राजधानीमै राज्य विहनिताको अवस्था देखिएको तथा चारी कार्य व्यापक रुपमा बढेको भन्दै प्राधिकरणले त्यस्तो नीति लिन लागेको हो ।
हुकिङ वा मिटर बिगारेर विद्युत् चोर्ने र चोराउने व्यक्ति वा समूहलाई अब सोझै सार्वजनिक मुद्दा दायर गरिनेछ, कोही कसैलाई पनि छुट दिइदैन, प्राधिकरणले पछिल्लो पटक गरेको परित्रमा उल्लेख छ ।
प्राधिकरणले देशव्यापी रुमपा नै परिपत्र गरेर सोझै सार्वजनिक मुद्दा दायर गर्न र कडा कारवाही गर्न मातहतका सबै वितरण केन्द्र र जिल्ला कार्यालयलाई निर्देशन दिएको छ ।
ललितपुरमा राजनीतिक दलका नेता, टोले गुन्डा तथा आफूलाई जान्ने बुझ्ने भनिएका बाटै विद्युत् चोरी भएको, भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको मुख्य प्रभाव क्षेत्र रहेको स्थानमा नै अत्याधिक मात्रामा चोरी भएको तथ्य प्रकाशमा आएपछि प्राधिकरणले त्यसखालको रणनीति लिन लागेको हो ।
ललितपुरमा वार्षिक रु ५० करोड बराबरको चोरी हुने गरेको छ भने भक्तपुरमा मासिक करोड बराबरको चोरी हुने गरेको छ ।
उपत्यकामै संगठित चोरी बढ्नु शतप्रतिशत नाजायज भएको भन्दै प्राधिकरणले अब कोही कसैलाई पनि छुट नदिने जनाएको हो ।
चोरी गर्नेलाई निरुत्साहित गर्दै कानुनी बाटोबाट विद्युत् प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि मुद्दा दायर गर्ने रणनीति अगाडि सारिएको हो ।
ललितपुरमा करिब डेढ दर्जन बढी स्थानमा संगठित चोरी हुने गरेको छ ।
यस्तै पछिल्लो समयमा आक्रामक रुपमा चोरी नियन्त्रण कार्य अगाडि बढेपछि विद्युत् चोरहरू भागाभाग गरेको बताइएको छ ।
लगनखेल वितरण केन्द्रले हालसम्म विभिन्न स्थानमा गरी ३० जनालाई कारवाही गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया