जनकपुरमा परीक्षा हलबाटै म्यासेन्जरमार्फत एमबिएसको तथ्याङ्कशाश्त्र बिषयको प्रश्नपत्र आउट गर्ने तीनजना पक्राउ परेका छन् ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा परीक्षा सुरु हुने वित्तिकै म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने जनकपुर उपमहानगरपालिका–४ का ३० वर्षीय लिलाराज शिवभक्ति सहित तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रश्नपत्र आउट गरी फोटोकपी गराउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया