काठमाडौँ – वास्तविक उत्पादन भन्दा धेरै मापदण्ड तोकेर सरकारले कर असुल्न थालेपछि देशभरीका मदिरा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । एक सय किलो अन्नबाट ३५ लिटर मदिराको कच्चा पदार्थ एक्स्ट्रा न्याचुरल स्पिरिट (एनइए) उत्पादन हुने भएपनि पनि ४२ लिटरको कर तिर्नुपरेपछि उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १५ जेठमा प्रस्तुत गरेको बजेटमा प्रति सय केजी चामल वा कनिका बापत ४२ लिटर स्पिरिटको राजस्व तिर्नुपर्ने मापदण्ड तोकेका थिए । उत्पादनभन्दा बढी राजस्व तिर्नुपरेपछि विराटनगरको प्रिमियर अर्गानिक्स बन्द भएको छ ।
९० रुपैयाँमा उत्पादन हुने एनइएको अन्तःशुल्क र भ्याट जोडेर १७५ पैसा पर्ने भएकोले उत्पादन नै नगरेको कर तिर्न नसकेपछि उद्योग संकटमा परेको चण्डिका डिस्टिलरीका प्रबन्धक ओमकार थापाले बताए।
अर्थमन्त्री खतिवडाले अघिल्लोवर्ष ३० दशमलव ५७ प्रतिशत मापदण्डबाट बढाएर ४२ प्रतिशत पु¥याएका थिए ।
प्रतिक्रिया