काठमाडौं – मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ, जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले छ। महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ।
मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
आगामी २४ घण्टाका लागि चेतावनी
देशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गवाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू–भाग तथा पुर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला ।
यसका साथै सडक यातायातमा पहिरोरभू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।
प्रतिक्रिया