समुद्रमा डुबेर कतारमा एक नेपालीको निधन

६ बर्ष अगाडि

काठमाडौँ – समुन्द्रमा डुबेर कतारमा एक नेपाली युवाको ज्यान गएको छ। समुद्रको किनारमा पौडी खेल्न गएका धनकुटाका ललित लिम्बुको निधन भएको हो।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए। धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए।

६ बर्ष अगाडि

प्रतिक्रिया