सुन तस्करी र हत्या प्रकरण: ‘अभियुक्त छाडे प्रमाण नष्ट’

८ बर्ष अगाडि

विराटनगर- सरकारी वकिलले सुन तस्करी र हत्या मुद्दाका अभियुक्तहरूलाई थुनामा नराखी छाडे प्रमाण नष्ट हुने, संगठित अपराधले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहोर्‍याएका छन् ।

प्रतिवादीका वकिलको बहस सकिएपछि सोमबार ‘प्रत्युत्तर बहस’ गर्दै मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले उपलब्ध प्रमाणका आधारमा सबै अभियुक्त कसुरदार रहेकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गरे ।

साढे ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दामा इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रत्युत्तर बहस प्रस्तुत गरिएको हो । थुनछेकको यो बहसमा पाठकसहित चार जना सरकारी वकिल सहभागी हुने जनाइएको छ, कान्तिपुर दैनिकमा खबर छ  ।

८ बर्ष अगाडि

प्रतिक्रिया