ओली स्वदेश फर्किँदै

६ बर्ष अगाडि

एक साता लामो स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किेने भएका छन् । १८ साउनमा सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट अहिले अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । प्रधानमन्त्रीको रिपाेर्ट सन्तोषजनक आएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया