सीपअनुसारको काम खोज्दै न्यूनदृष्टियुक्त

६ बर्ष अगाडि

लाउँलाउँ खाउँखाउँको उमेरमा विदेशमै आँखाको ज्योति गुमाएर घर फर्कनुभएका महोत्तरीको बर्दिवास नगरपालिका–२ का ३७ वर्षीय गणेश श्रेष्ठ आँगनमा कुनै नयाँ मानिसको बोली सुन्दैमा फुरुङ्ग पर्दै आपूm गणेश श्रेष्ठ भएको बताउनुहुन्छ । 

“हजुर, मलाइ खोज्दै हो।।रु गणेश श्रेष्ठ त मै हुँ नि १ मेरो कुनै चिठी छ हजुर।।रु मलाई कम्पनीले केही पठाइदियो हजुर।।।रु” करीब ६ वर्षअघि कतारमा प्रशस्त कमाएर परिवारजनका रहर पूरा गर्ने गणेशको इच्छा त्यहीँनै आँखाको ज्योति सधैँलाई गुमाएर घर फर्कनु पर्दा तुहियो ।  अब सेतोछडी ९न्यूनदृष्टियुक्त भएका व्यक्तिले टेक्ने छडी० टेक्दै घर वरपर टहलिएर कत्तारमा रहँदा काम गरेको पारिश्रमिक र आँखा गुमाउनु परेको क्षतिपूर्तिबारे घरमा आउने आगन्तुकको पदचापले केही खबर पो ल्यायो कि भनेर आश गर्नु गणेशको नियति नै बनेको छ ।

कत्तारको दोहास्थित सहानियामा रहेको घरनिर्माणसँग सम्बन्धित कम्पनी मेट्रोपार्ट इन्टरप्राइजेज डब्लू–एलएलमा कार्यरत रहँदा आफ्नै नेपालीसाथी पोखराको सन्तोष सुनारले केही दिनअघि पानी थाप्ने निहुँको भनाभनको बदलालिन फलामे पाइपले हान्दा गणेशका दुबै आँखाका ज्योति गुमे । सन् २०१३ को सेप्टेम्बरमा भएको सो घटना आफ्नो जिन्दगीमा कालोअन्धकार बनेको घर पुग्ने जोसूकैसँग गणेश बिलौना सुनाउनुहुन्छ ।

“दुबै आँखा गए हजुर, कत्तारमै महीनौं उपचार गरियो मेरो ज्योति फिरेन” गणेशले घरआँगनमै पुगेका सञ्चारकर्मीसँग बलिन्द्र आँशु झार्दै भन्नुभयो, “तिम्रो सबै पारिश्रमिक र क्षतिपूर्तिको रकम अब घरमै पुग्छ, तिमी जाउ भने, ६ वर्ष पुग्नै थाल्यो, त्यो खबर आइहाल्छ कि भन्ने आस मरेको छैन ।” पारिश्रमिक र क्षतिपूर्तिको रकमसमेत यहाँको ६५ लाखजति पाउने सहमति भएको गणेशको भनाइ छ । “हाम्रै बस्तीका ज्ञानबहादुर कटुवालले मलाइ कत्तार पठाउनु भएको हो, उहाँले तिम्रो रकम आउँछ, म ल्याइदिउँला त भन्दै हुनुहुन्थ्यो, अब त भेट्नै छाड्नु भयो” गणेशले दृष्टि गुमेका आँखाको डिलमा लागेका कचेरा पुछ्दै जिज्ञासा राख्नुभयो, “यो सोधीखोजी गरिदिने कोही पाइन्छन् त हजुर रु”

आफ्नो भाग्यलाई दोष दिँदै सेतो छडीको साहारामा जिन्दगी धानीरहेका गणेशलाई त्यतिखेर कत्तार पठाउने एजेन्ट कटुवाल भने अब बर्दिवास बस्नुहुन्न । काठमाडौँमै भव्य घरबार जोडेका कटुवालले अब त केही सोध्दा पनि ‘मलाई थाहा भएन’ भन्न थाल्नु भएको गणेशकी पत्नी रीता श्रेष्ठले बताउनुभयो । 

गणेशलाई फलामे छड हानेर दृष्टिविहीन बनाउने सन्तोष पनि अब जेलबाट छुटिसकेका छन् । उनलाई जेल छुटाउन पनि कटुवालकै पहलकदमी रहेको गणेशसहित परिवारजनको बुझाइ छ । “उ ९सन्तोष० पनि छुट्यो, अब त मेरो खबर ९क्षतिपूर्तिबारे० आउनुपर्ने हो, तर, खै केले रोक्यो।।रोक्यो” गणेशले भन्नुभयो, “घरमा कोही आएकी मेरै खबर लिएर आएका हुन् कि भन्नेपर्छ, तर, छ वर्षभयो, कोही त्यो खबर लिएर आएनन् ।”

आँखाको ज्योति गुमेर घर फर्केपछि नेपाल नेत्रहीन सङ्घ पुनःस्थापन कार्यक्रम महोत्तरीले दिएको सेतो छडीले गणेशलाई हिँडडुलमा केही सहज बनाएको छ । “यो छडी पाएपछि धेरै सजिलो भयो, अब यसको सहाराले गाउँघर डुल्नसक्ने भएँ” गणेश भन्नुहुन्छ ।

पछिल्लो वर्ष नेपाल नेत्रहीन सङ्घ पुनःस्थापन कार्यक्रम महोत्तरीले फिनेल, हर्पिक र अगरबत्ती बनाउने सीप सिकाए पनि त्यसको कच्चा पदार्थको व्यवस्था नहुँदा सीपअनुसार काम गर्न नपाइएको गणेशको गुनासो छ । “सीप त पाइयो, के गर्नु हजुर, फिनेल, हर्पिक र अगरबत्ती बनाउने कच्चापदार्थ जुटाउनै सकस १ अब त हाम्रा प्रतिनिधि र संस्थाले कच्चापदार्थ जुटाइदिए दुई÷चार पैसाको जोहो हुन्थ्यो होला नि १” गणेशले भन्नुभयो । 

पति, १० वर्षे छोरा रोहन र आपूmसहित तीन जनाको परिवार धान्ने जिम्मेवारी अहिले गणेशकी पत्नी रीताको काँधमा छ । सानो फलपूmल पसलले दुःखकासाथ परिवार चलाएको रीता बताउनुहुन्छ । पति गणेशले सिकेका सीपले काम पाए र क्षतिपूर्तिको रकम पाए जीवनले अलि बेग्लै मोड लिन्थ्यो कि भन्ने रीताको आश छ । 

यसैबीच नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका प्रबन्ध निर्देशक अमृतकुमार राईले अपाङ्गता भएकाले सिकेका सीप काममा लगाउन विभिन्न सामाजिक सङ्घसंस्था र स्थानीयतहमा समन्वय भइरहेको जानकारी दिनुभयो । “अपाङ्गता भएका व्यक्ति समाज र परिवारको बोझ हैन, आत्मनिर्भर बन्न चाहन्छन्”, राईले भन्नुभयो, “यसका लागि उनीहरुले सिकेका सीपअनुसार काम गर्ने वातावरण स्थानीय तहले मिलाइ दिनपर्छ ।” 

महोत्तरीमा आफ्ना सम्पर्कमा आएका दृष्टिविहीन र अन्य अपाङ्गता भएकाले जीवनयापन गर्नसक्ने सीप सिकेपनि अहिलेसम्म आफ्नो सीपअनुसार काम भने नपाएका राई बताउनुहुन्छ । “अब स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको स्थानीय सरकार छ” राईले भन्नुभयो, “हामीले सघन समन्वय बढाएका छौं, केही कामअघि बढ्ने विश्वास पलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया