कांग्रेस कोटामा वीरको निर्देशक बनेका भूपेन्द्रको अनौठो यूटर्न

८ बर्ष अगाडि

काठमाडौं–  चिकित्सा विज्ञान  राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालका  निर्देशकमा नियुक्त भएका भूपेन्द्र कुमार बस्नेतले अस्पतालमा मनपरी गर्न थालेको त्यहाँ कार्यरत डाक्टर तथा कर्मचारीहरुले गुनासो गरेका छन् । उनलाई तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले वीर अस्पतालको  निर्देशकमा नियुक्त  गरेका थिए । 
वीर अस्पतालको निर्देशक भएसँगै सुरुका दिनमा अस्पतालको सुधारमा केहि काम गरेपनि पछिल्लो समय मनपरी गर्न थालेको एक कर्मचारीले  जानकारी दिए । 
डाक्टरहरुलाई विभिन्न अड्को थापेर अप्ठ्याारो बनाउने, कर्मचारीलाई पनि मनपरी सरुवा गरिदिने, अदालतको निर्णयलाई समेत चुनौति दिनेजस्ता हर्कत उनले पछिल्लो दिनमा गर्न थालेको ती कर्मचारीले गुनासो गरे । 
‘सुरुमा राम्रै गर्नुभएको थियो । तर उहाँमा पछिल्लो समय दम्भ देखिएको छ ।  त्यही दम्भ कर्मचारी र डाक्टरसम्म पोख्ने गर्न थाल्नु भएको छ’  ती कर्मचारीले गुनासो पोखे । 
पछिल्लो समय उनले कर्मचारी, डाक्टर र नर्सहरुलाई राम्रो रेस्पोन्स  नगर्दा उनी एकतिर र कर्मचारी अर्को तिर भई अस्पतालको  नै लथालिंग हुन थालेको  बताइएको छ । 
उनको अस्पतालमा  देखाएको हर्कतले  चिकित्सा अध्ययन संस्थान नै थप तहस नहस हुने सक्ने अर्का एक डाक्टरले चेतावनी दिए । 

रोचक त के छ भने कांग्रेस कोटामा नियुक्ति भएका उनी पछिल्लो समय युटर्न हुन पुगेका छन् । 

कांग्रेस कोटाबाट नियुक्ति नहुँदासम्म कांग्रेस नेताको ढोका ढक्ढक्याउन पुग्ने गरेका  उनी अहिले कांग्रेस कमजोर भएसँगै  नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निकट बन्न पुगेको बताइएको छ।  औपचारिक रुपमा नेकपा नबनेपनि उनले  अहिले आफू नेकपाकै मान्छे  भएको भन्दै हिँड्ने गरेको समेत वीर अस्पतालका कर्मचारीबीच चर्चा छ । डा. बस्नेतसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्कमा आएनन् । 


 

८ बर्ष अगाडि

प्रतिक्रिया