सरकारले लोकप्रियताका लागि नभई जनताको काम गरेर लोकप्रियता होसिल गर्ने

८ बर्ष अगाडि

काठमाडौं–सरकारले लोकप्रीयताका लागि नभई जनताका काम गरेर लोकप्रियता हासिल नीति लिएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा  सम्बृद नेपाल सुखी नेपाल दीर्घकालिन सरकारको प्रमुख उदेश्य हुने उल्लेख छ ।  त्यसका लागि राष्ट्रिय संकल्प गरिएको छ । 
यस्तै सरकारले  आम नागरिक, सवैलाई समान व्यवहार गर्ने नीति लिइएको छ । 
नीति तथा कार्यक्रममा शान्ति र सुशासनका आधारमा सरकार अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख छ । 
 यस्तै वर्तमान पुस्ताले नै विकासको अनुभुति गर्नेगरी सरकारले योजना अघि पनि सारेको छ । 
यस्तै सरकारलाई नियमित सुझाव दिन थिक ट्याकको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 
यो आर्थिक वर्ष समृद्धिको इतिहास रच्ने आर्थिक बर्ष हुने पनि नीति तथा कार्यक्रममा दाबी गरिएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया