खोज पत्रकार घिमिरेलाई डिआईजी द्धारा सम्मान

६ बर्ष अगाडि

झापा – झापाका निडर तथा खोज पत्रकार खगेन्द्र घिमिरेलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । 

नेपाल र भारत सीमाना काँकडभिट्टा क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको उद्घाटन कार्यक्रममा युवा पत्रकार घिमिरेलाई सम्मान गरिएको हो ।
पर्यटन क्षेत्र खोज क्षेत्रमा कलम चलाएको भन्दै पर्यटन तथा यातायात व्यवस्थापन समितिले घिमिरेलाई सम्मान गरेको हो ।

माउण्टेन टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरलाई प्रद्रेश न १ का प्रहरी प्रमुख (डिआईजी) ठाकुर प्रसाद ज्ञावलीले खादा तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । घिमिरे झापामा खोजमुलक समाचार संकलनमा कलम चलाउँदै आएका छन् ।

भष्ट्रचार र घुसखोरी कर्मचारीको विरुद्ध मल्टिमिडिया पत्रकारिता (युटुव) मा अनुसन्धान अनलाइन नामक च्यानल सिर्जना गरेर लामो समयदेखि घिमिरेले झापा र आसपासका जिल्लाहरुमा आवाज उठाउँदै आएका छन् । पूर्वि नेपालमा पत्रकार घिमिरेलाई आम मानिसहरुले निडर र उदाउँदो तारा भनेर चिन्न थालेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया