काठमाडौं – राजधानी काठमाडौंको व्यस्त बजार असनका व्यापारीले शुक्रबार बजार बन्द गरेर सरकारको बिरोध गरेका छन् ।
प्यान लिएकालाई पनि अनिवार्य भ्याटमा दर्ता गराउन खोजेको भन्दै त्यसको बिरोधमा बजार बन्द गरिएको उनीहरुले बताएका छन् ।
सरकारको निर्णयका कारण १ हजार रुपैयाँभन्दा माथि खर्च गर्ने ग्राहकले अनिवार्य प्यान मार्फत गर्नु पर्ने नियम ल्याएको उनीहरुको भनाई छ ।
सरकारले अहिले ल्याएको व्यवसथा व्यावहारिक नभएको व्यापारीहरुको तर्क छ।
प्रतिक्रिया