प्रदेश नं ५ को प्रदेशसभाको बैठकले आज दुई विधेयक पारित गरेको छ ।
‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामुख पूर्णबहादुर घर्तीले प्र्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले पारित गरिएको थियोे ।
यसअघि प्रदेश पदकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो भने प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कृषि तथा सहकारीमन्त्री आरती पौडेलले पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रतिक्रिया