फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

६ बर्ष अगाडि

बुटवल– बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।

राती ११ बजेबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र ५ वटा दमकलको सहायताले बिहान ५ बजे मात्र नियन्त्रणमा आएको थियो । ६ घण्टासम्म लागेको आगोले १४ वटा पसल खरानी बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर वलीका अनुसार आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस र सरदार डेण्टलमा क्षति पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया