आज यी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित बर्षा हुने सम्भावना

६ बर्ष अगाडि

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम सम्बन्धी जानकारी सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसा हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही देशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

देशका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल पनि सक्रिय छ।

देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

शुक्रबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाका अनुसार पश्चिमी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राती भने देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरुमा पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

देशका एक/दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

पश्चिमी नेपालका एक/ दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया