पोखरा — नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले अहिले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो ।
सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो। सडक डिभिजन कार्यालय पोखरा अन्तर्गतको सडक निर्माणको काम मिलाइदिने भनी घुस लिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेल र घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले घुस रकम नौ लाखसहित नियन्त्रणमा लिएको हो । उनीहरुबाट दुई वटा झोलामा एक हजारको ४ लाख र ५ सयको ५ लाख रुपैयाँ बरामद गरिएको अख्तियारल बताएको छ ।
प्रतिक्रिया