झापाको कमल गाउँपालिकामा शुक्रबार बिहान छोराले बाबुको हत्या गरेका छन् । कमल गाउँपालिका–१ का ७० वर्षीय बाबु सूर्यबहादुर थापालाई उनकै ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेका हुन् ।
बाबु–छोराबीच घरायसी विवाद हुँदा प्रकाशले वृद्ध बाबुलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट बाबुको घटनास्थल मै मृत्यु भएपछि स्थानीयबासीले प्रहरी चौकी तोपगाछीमा जानकारी गराएका थिए ।
प्रहरी टोलीले चिर्पट प्रहार गर्ने छोरा प्रकाशलाई नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपीले जानकारी दिए ।
प्रतिक्रिया