काठमाडौँ – ख्रीष्टियनका नाममा अकुत सम्पत्ति कमाउने र समाजसेवाको नाममा सरकारमा दर्ता नभई भित्री गोप्य मिशनका रूपमा काम गर्ने नामधारी संघसंस्थालाई खोजी खोजी कारवाही गर्न मिडिया एड्भोकेसी फोरम नेपालले सरकारलाई आग्रह गरेको छ ।
मिडिया एड्भोकेसी फोरम नेपालका अध्यक्ष विदुर अधिकारीले हिजो काठमाण्डौँमा आयोजित उपत्यकाव्यापी बैठकलाई सम्बोधन गर्दै देशमा सुशासन र समृद्धि ल्याउन नदिने प्रमुख कारक बढदो भ्रष्टाचार भएकोले हाम्रो ख्रीष्टियन समूदायमा पनि दिनप्रतिदिन यो मौलाउँदै गएकोले यस विषयमा कसैले र कुनै धर्मले पनि सम्झौता गर्न नहुने बताएका थिए ।
एड्भोकेसीका सचिव निरोज तोलाङेले ख्रीष्टियन समूदायका प्रमुख संघसंस्था, मिशन हस्पिटलदेखि, मिशन संस्था र पाष्टरहरूको गरी झण्डै ५० जनाको नामावलीसहित सप्रमाण सम्पत्ति विवरण र विभिन्न जानकारीसहित भ्रष्टाचारको फाइल अब अख्तियारमा चाँडै बुझाउने बताउँदै उनले यस्ता खराब मनसायले ख्रीष्टियन बनेका र नामधारी ख्रीष्टियनहरूलाई चाँडै कठघरामा उभियाउने र त्यस्ताहरूको चलखेल अब धेरै दिन बाँकी नरहेको बताए ।
उनले यस भ्रष्टचार विरुद्धको अभियानमा साथ दिन र ख्रीष्टियन समूदायभित्र भएका अपारदर्शिता र भ्रष्टचारको सूचना तथा जानकारी दिई सहयोग गर्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया