भैरहवा( शिक्षा क्षेत्रको बिकासको लागी ठूला ठूला कुरा गर्ने स्थानिय तहहरुले नै शिक्षा क्षेत्रको खिल्ली उडाएको भेटिएको छ । शिक्षा क्षेत्रको प्रवद्र्धन गर्नु त कता हो कता बिद्यालय नै बन्द गराई गाउपालिकाले आफ्नो कार्यक्रम गरेको भेटिएको छ । आफ्नो घोषणापत्रमा नै शिक्षा क्षेत्रको बिकासको ठूला ठूला कुरा गर्ने निर्वाचित सांसदहरुकै रोहवरमा बिद्यालय बन्द गराई ओमसतिया गाउपालिकाले आफ्नो हिउदे अधिवेशन शुरु गरेको छ ।
ओमसतिया गाउपालिकाले आफ्नो प्रथम हिउदे अधिवेशनको उदघाटन सत्र कार्यक्रम गर्दा सोही गाउपालिकामा रहेको श्रृजना प्राथमिक बिद्यालयको पढाई पूर्ण रुपमा प्रभावित बनेको थियो । कक्षा ५ सम्म रहेको उक्त बिद्यालय कक्षा चल्दा चल्दै गाउपालिकाले कार्यक्रम गर्न थालेपछि बिद्यालय बन्द गर्नु परेको बिद्यालयका प्रधान अध्यापक शिवाकान्त दुबेले गुनासो गरे । पूर्व जानकारी नै नदिई बिद्यार्थीहरु कक्षामै रहेको बेला गाउपालिकाले बिद्यार्थीहरुको पढाईमा नै बाधा पर्ने गरि औपचरिक कार्यक्रमको आयोजना गरेको थियो । र सो कार्यक्रमाका साक्षी थिए रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय र कृष्ण न्यौपाने । तर बिद्यालयलाई किन बिदा दिएको बारे कसैले केही बोलनन् ।
स्थानिय तहहरुले बिद्यालय र बिद्यार्थीहरुको वृत्ति बिकास बारे बिभिन्न योजनाहरु बनाई रहेको समयमा यसरी बिद्यार्थीहरुको अध्ययन नै प्रभावित पार्ने गरि कार्यक्रम गर्न नहुने सरोकारवालाहरुको भनाई छ ।
यस बिषयमा ओमसतिया गाउपालिकाका प्रवक्ता शिव कुमार धवलले शुरुमा कार्यक्रम गाउपालिकाकै प्रांगणमै गर्ने योजना रहे पनि गर्मी हुने भएकोले बिद्याललयमा सारिएको जनाए । उनले बिद्यालयको पठन पाठनमा बाधा नहोस भनेर नै प्रअ सित १ दिनलको लागी बिदा गरि दिन आग्रह गरेको बताए ।
प्रतिक्रिया