डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्यांकीनजिकै बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो ।
दुर्घटनामा भागेश्वर गाउँपालिका–४ रतनी घर भई डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए ।
उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो । उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।
विष्ट कुमारी बैंक डडेल्धुराका क्रेडिट मेनेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ समेत रहेका थिए । दुर्घटनाको कारण खुलेको छैन ।
प्रतिक्रिया