काठमाडौं – आज बिहीबार देशभरका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै राति पश्चिमी क्षेत्रमा मघगर्जनसहित भारी वर्षा हुन सक्ने जनाएको छ । मशाखाले शुक्रबार र शनिबार समेत मेघगर्जनसहित वर्षा हुने अनुमान गरेको छ ।
महाशाखाले देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुनेरचट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै पश्चिम नेपालका एक(दुई स्थानमा भारी वर्षाका कारण पहिरोरभू(क्षयका कारण जोखिम बढ्ने भएकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया