कालो दिन भन्दै आज पूर्वका नौं जिल्ला बन्द

६ बर्ष अगाडि

पाँचथर – जनमुक्ति पार्टीले आज बन्दकाे आह्वान गरेको छ । पूर्वका नौं जिल्ला बन्द गरेकाे छ । वन्दको प्रभाव आज बिहानै बाट परेको छ । 
परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल सञ्चलनमा प्रभाब परेकाे छ । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक अन्य पनि सवारी साधन चलेका छैनन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो ।

 १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया