दाङ्गमा तीन जनाको मृत्यु

६ बर्ष अगाडि

एउटै नाम भएको विषदी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो ।

उनीहरु तीनै जनाले घरमा राखेको विषादी सेवन गरेका थिए ।  

उनीहरुलाई थप उपचारका लागि कोहलपुरको अस्पतालमा पठाईएको  र उपचार कै क्रममा  दुई जनाको गए राति र मिरा चौधरीको आज विहान मृत्यु भएको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया