चिरीबाबुबाटै विद्युत् चोरको संरक्षण, ललितपुरमा बढ्यो विद्युत् चोरी

८ बर्ष अगाडि


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानीको ललितपुर र भक्तपुरमा विद्युत् चोरी नियन्त्रणलाई अभियानका रुपमा अगाडि बढाएको विषयलाई राम्रैसँग प्रचार गर्यो ।
राजधानीमा नै चरम रुपमा विद्युत् चोरी हुने विषय कानुनी राज्यमा सुहाउँदो विषय पनि थिएन । तर प्राधिकरणले त्यस्तो प्रचार र प्रयासले पनि काम नगरेको पाइएको छ ।
ललितपुरका ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत् चोरी पछिल्ला दिनमा झनै बढेको पाइएको छ ।
ललितपुर र भक्तपुरमा स्थानीय राजनीतिक दल , टोले गुन्डा र आफूलाई नागरिकको अगुवा बताउने नै विद्युत् चोरी नियन्त्रण गर्नुको साटो प्रोत्साहित गरेर हिँडेका छन् ।
प्राधिकरणले गत फागुनमा सञ्चालन गरको अभियान पछिल्लो दिनमा सुस्त भएको, सरकारले ध्यान नदिएको, सुरक्षा निकाय समेत मौन बसेको भन्दै विद्युत् चोरी कार्यमा संलग्नहरु पुनः संगठित भएको बताइएको छ ।
प्राधिकरणले ललितपुरलाई विद्युत् चोरीमुक्त जिल्ला समेत घोषणा गर्ने तयारी गरेको बेला चोरीको मात्रा बढ्ेपछि प्राधिकरणका अधिकारीलाई तनाव दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रणका लागि हदैसम्मको प्रयास गरेका थिए । तर उनको प्रयास पछिल्लो दिनमा बालुवामा पानी जस्तै भएको छ ।
घिसिङले स्थानीय प्रहरी प्रशासन तथा स्थानीय जनप्रतिनिधिलाई समेत विद्युत् चोरी नियन्त्रणमा सहयोग पुर्याउन आग्रह गरे । उनको आग्रहलाई कोही कसैले पनि नसुनेको ललितपुरको अवस्थाले देखाउँछ । ललितपुर मात्रै नभई भक्तपुरमा समेत चोरीको मात्रा बढेको छ ।
साँझ विहानको समयमा अस्वाभाविक रुपमा विद्युत्को माग बढेको छ । अस्वाभाविक रुपमा विद्युत् माग बढनुको पछाडि चोरी नै प्रमुख कारण गरेको पाइउको छ ।
प्राधिकरणको जिल्ला स्थिति वितरण कार्यालयले समेत चोरी नियन्त्रणमा ध्यान दिएका छैनन् ।
प्राधिकरणको कार्यकारी निर्देशकको क्षमता माथि नै प्रश्न उठाउने गरी ललितपुर र भत्तःपुरमा भइरहेको चोरी नियन्त्रणमा स्थानीय प्राधिकरणको कार्यालय प्रभावकारी रुपमा परिचालित हुन मन गरेका छैनन् ।
प्राधिकरणले ललितपुरलाई  चोरीमुक्त जिल्ला घोषणाको तयारी गरे पनि ललितपुरमा त्यसको सामान्य भेऊ समेत नपाउने अवस्था आएको छ ।
गत फागुनमा अभियान सञ्चालनका क्रममा रोकिएको चोरी गर्ने गिरोह पुनः सक्रिए भएको र प्राधिकरणको तयारी समेत संकटमा पर्ने अवस्था आएको छ ।
कार्यकारी निर्देशक घिसिङले अटेर गर्ने वितरण केन्द्का प्रमुखलाई कारवाही गर्ने संकेत गरेका छन् ।
उनले वितरण केन्द्रका प्रमुखले नै चोरी नियन्त्रणमा चासो नदेखाएको जानकारी आफूलाई आएको बताएका छन् ।
गत फागुनमा विद्युत चोर्ने केही स्थानीयलाई पक्राउ गरी कारबाही गर्दा कमी देखिएका क्षेत्रमा फेरि चोरी सुरु भएपछि वितरण केन्द्रका कर्मचारी नै त्यसमा जिम्मेवार रहेको हुन सक्ने प्राधिकरणको बुझाइ छ ।
ललितपुर महानगर भित्रै चोरीको मात्रा बढेको छ । सो महानगरका प्रमुख चिरिबाबु महर्जनले चोरी नियन्त्रण गर्ने आश्वासन दिएपनि उनको नाक मुनि नै विगतमा भन्दा बढी विद्युत् चोरी भइरहेको प्राधिकरणको सुक्षम अध्ययनले देखाएको छ ।
यस्तै सम्बन्धित वडाका प्रमुख तथा सदस्यहरुको समेत मिलेमतो रहेको बुझिएको छ । चोरी नियन्त्रण नभए र स्थानीय समेत अटेर गरे प्राधिकरणले विद्युत् काट्ने चेतावनी दिएको छ ।
ललितपुर महानगरपालिका प्रमु महर्जनलगायत स्थानीय जनप्रतिनिधिले चोरीमुक्त जिल्ला  घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको मसी नसुक्दै पुनः सुरु भएको चोरीले प्राधिकरणलाई हरुोन मात्र बनाएको छैन, साँझको समयमा विद्युत्को माग बढेर थप समस्या समेत देखिने अवस्था आएको छ ।
ललितपुरको लाकुरी भञ्ज्याङ, पाटन, हरिसिद्धी लगायत क्षेत्रमा अधिकमात्रामा विद्युत चोरी भइरहेको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
यस्तै भक्तपुरको नगरकोट, शहरी क्षेत्र तथा सुडोललगायतका क्षेत्रमा पनि अत्याधिक विद्युत् चोरी भएको छ । भत्तःपुरमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता नै विद्युत् चोरीमा सक्रिय रहेको सूचना प्राप्त भएको बताइन्छ ।
चोरी नियन्त्रण्मा स्थानीय प्रशासनले समेत सहयोग गरेको छैन ।
प्राधिकरणको जानकारी अनुसार ललितपुरमा वार्षिक रु ५० करोड र भक्तपुरमा मासिक रु एक कारेड बराबरको विद्युत् चोरी हुने गरेको छ ।
चोरी नियन्त्रणमा आक्रामकरूपमा काम गर्न थालेको वितरण केन्द्र स्थानीय राजनीतिक दल , टोले गुन्डाका कारण कमजोर बनेको गुनासो पनि आएको छ ।
योजनावद्ध रुपमा चोरी बढेपछि त्यसलाई नियन्त्रण गर्ने उपायको खोजमिा प्राधिकरणको नेतृत्व लागि परेको छ ।
लगनखेल वितरण केन्द्रले पछिल्लो दुई महिनामा विद्युत चोरीमा संलग्न २२४ जनालाई कारबाही गरेको थियो । तर त्यो कारवाही प्रभावकारी हुन नसक्दा चोरहरुको मनोबल बढेको हुन सक्ने प्राधिकरणको ठहर छ ।
चोरी नियन्त्रणबाट दुई महिनामा मात्र रु २१ लाख महसुल उठेके थियो ।
सो अवधिमा  १७ सय घरमा जडित मिटर चेक गर्दा  २२४ जनाले गैरकानुनी रुपमा विद्युत् प्रयोग गरेको पाइएको थियो ।
विशेष गरी मिटर प्वाल पार्ने, बिगार्ने, मिटर अध्ययन गर्न नदिने, नदेखिने स्थानमा मिटर राख्ने  रिडिङ सिल चुँडाउने, लगायतका समस्या पछिल्लो दिनमा बढेका छन् । त्यसलाई नियन्त्रण गर्न छापामार शैलीमा अर्कै टिम लगेर एक्सन गर्ने तयारीमा प्राधिकरण लागेको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया