पूर्वयुवराज्ञी हिमानी पशुपतिनाथमा, गरिन् २० मिनेट पूजा

६ बर्ष अगाडि

पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेकी छिन् ।

पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् । 

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिव २० मिनेट मन्दिर भित्र पूजा आराधना गरेकी छिन् । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । 

सोही अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिएकी थिइन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया