सतर्क रहनुस ! यी जिल्लामा हुनेछ अत्यधिक वर्षा, यस्तो छ मौसमविदको सुझाव

६ बर्ष अगाडि

तिन दिनसम्म देशभर वर्षा हुने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै उनीहरूले सतर्क रहनसमेत सबैमा आग्रह गरेका छन् ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी तिन दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भएअनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

साउन २१ गते मंगलबार दिउँसोको समयमा सामान्यदेखि पूर्ण बदली रहे पनि रातको समयम धेरै स्थानमा वर्षा हुने बताइएको छ । मौसमविदका अनुसार मध्य र पश्चिमी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुनसक्छ ।

त्यस्तै, २२ गते बुधबार पनि पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया