सवा २ करोड रुपैयाँ बराबारको सुन बरामद

६ बर्ष अगाडि

काठमाडौं – ४ केजी सुन सहित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो। उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा फेला परेको थियो।

उक्त सुनको मुल्य करिब सवा २ करोड रुपैयाँ रहेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया