बाग्लुङमा ताल फुटेपछि...

६ बर्ष अगाडि

बाग्लुङमा तुरतुरे ताल फुटेको छ । आज बिहान ४ बजेतिर ताल फुटेपछि तालमा रहेको पानी तालवाट बाहिरु निस्केको छ ।  राति वर्षा भएपछि खोलामा पानी सतह बढ्नुका साथै पहिरोका कारण ताल फुटेको हुनसक्ने बताइएको छ।

रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए।

तुरतुरेभन्दा तल रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए ।

तुरतुरेमा गतवर्ष चट्टानी पहाडसहितको पहिरो झरेपछि करिब एक सय मिटर गहिरो र एक किलोमिटर भन्दा लामो ताल बनेको थियो।

ताल फुटेपछि आएको बाढी र पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा पञ्चकुमारी खन्साली रहेकी छन् । दुई जनाको खोजीकार्य जारी रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया