सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उपनिर्वाचनको मिति तोकिएको जानकारी गराएका हुन् ।
सर्वदलीय बैठकपछि निर्वाचन आयोगले गरेको सिफारिसअनुसार १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय भएको उनले जानकारी गराए ।
आयोगले उपनिर्वाचन गर्ने विषयमा दलहरुसँग शुक्रबार छलफल गरेको थियो । अधिकांश दलले उपनिर्वाचन आगामी मंसिरमा गर्न सुझाव दिएका थिए । सोहीअनुसार आयोगले १४ मंसिरमा उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया