किन बनेन् हुलाकी सड्क तोकिएको समयमा ?

६ बर्ष अगाडि

विष्णु तिमिल्सिना
बर्दिया – हुलाकी सड्क निर्माण आयोजनाद्धारा बर्दिया जिल्लामा निर्माण भई रहेका ४ वटा ठेक्काको काम तोकिएको समय भित्र सम्पन्न नहुने भएको छ । गुलरिया देखि राजापुर सम्मको हुलाकी राजमार्ग, बेलवा चोक देखि भुरिगाउँ सम्म र गुलरिया देखि मुर्तिहा जाने भारतीय सीमा सम्म सहायक राजमार्ग को निर्माणका लागि आयोजनाले ३ वटा प्याकेज बनाई ठेक्का दिएकोमा ठेक्काको म्याद श्रावण मसान्त सकिनै लाग्दा पनि कुनै ठेक्काको निर्माण कार्य सम्पन्न नहुने भएको छ ।

गुलरिया बजार जिल्ला प्रहरी कार्यालय देखि मधुवन नगरपालिका गाउँ नं. ८ सम्म र जिल्ला प्रहरी कार्यालय देखि मुर्तिहा जाने भारतीय सीमा सम्मको १९ कि.मि. सड्क निर्माणको ठेक्का बहुचर्चित पप्पु कन्ट्रक्शनले प्राप्त गरेकोमा उक्त कम्पनीले गणपति कन्ट्रक्शनलाई जिम्मा दिएको थियो । उक्त ठेक्काको काम हाल सम्म करिब ८० प्रतिशत कार्य सम्पन्न भएको कुरा आयोजनाका ईन्जिनियर रामसागर हरिजनले भताउनु भयो । जिल्ला वन डिभिजन कार्यालय देखि पुर्व बजार क्षेत्रमा रहेका घरटहरा, पसल, सरकारी भवनहरु भत्काई साईड  क्लिएर गर्ने कार्य गुलरिया नगरपालिकाले सम्पन्न गर्न नसकेको तथा बिजुलीका पोलहरु सार्ने कार्य विद्युत प्राधिकरणले सार्न नसकेकोले सो क्षेत्रमा निर्माण कम्पनीले काम गर्न नसकेको मुनासिप कारण रहेको अवस्था छ ।

नगरपालिकाले सडकको केन्द्र विन्दु देखि १२÷१२ मिटर दाँया बाँया रहेका घरटहरा, पसल, सरकारी भवनहरु भत्काउन ३ पटक सार्वजनिक सुचना जारी गरेको छ । माथिल्लो बजारका अधिकांश घरहरु सम्बन्धित ब्यक्तिहरुले भत्काउने कार्य गरेपनि जिल्ला समन्वय समितिका राधाकृष्ण चोक स्थित पसलका सटरहरु लगाएत केहि घरहरु भत्काउन अझै बाँकी रहेका छन् भने जिल्ला प्रहरी कार्यालय देखि दक्षिण तर्फ का घर संरचनाहरु भत्काउने कार्य केहि बाहेक अधिकांश बाँकी रहेका छन् सो बजारबासीहरुले गुलरिया नगरपालिका विरुद्ध उच्च अदालतमा रिट निवेदन दिएता पनि अदालतबाट निषेधाज्ञा लाई जारी गरिएको छैन् तै पनि नगरपालिका घर संरचानहरु भत्काउने कार्यमा कागजी कुराहरुमा मात्र सिमित रहेको छ ।

मधुवन नगरपालिकाको बेलवा चोक देखि राजापुर सम्मको २१.७ कि.मि. सड्क निर्माणको जिम्मा पाएको आशिस कुमार श्रेष्ठ जे.भी. कन्ट्रक्शनले हाल सम्म ७० प्रतिशत मात्र कार्य सम्पन्न गरेको कुरा उक्त साईड हेर्ने सब–ईन्जिनियर धनलक्ष्मी शाहील जानकारी गराउनु भएको छ । भने त्यसै गरी मधुवन नगरपालिकाको गाउँ नं. ८ देखि बेलवा चोक हुँदै भुरिगाउँ सम्मको १९ कि.मि. सड्क निर्माणको जिम्मा पाएको राजेन्द्र कन्ट्रक्शनले निर्माण कार्य मन्द गतिमा गरिरहेको छ ।

हाल सम्म करिब ७० प्रतिशत मात्र कार्य सम्पन्न गरेको छ । उक्त कन्ट्रक्शनले ११ कि.मि. पिच (कालोपत्र) र ७ कि.मि. बेस निर्माण गर्न बाँकी रहेको छ । कुनै पनि ठेक्काको निर्धारित समयमा कार्य सम्पन्न नभएकाले ६ महिनाको म्याद थप गर्नका लागि निर्माण कम्पनीहरुले आवेदन दिएकामा आशिस कुमार श्रेष्ठ जे.भी. कन्ट्रक्शनका लागि म्याद थप भएको कुरा सो कम्पनीका प्रतिनिधि गोविन्द खनालले जानकारी गराउनु भयो । भने बाँकी दुई कम्पनीको म्याद थपका बारेमा जानकारी लिन खोज्दा आयोजना प्रमुख युवराज पोख्रेल सँग सम्पर्क हुन सकेन् अन्य कर्मचारीहरुले यस विषयमा अनविज्ञता प्रकट गर्नु भयो ।

६ बर्ष अगाडि

प्रतिक्रिया