प्रधानमन्त्रीमा ओली ५ वर्ष निरन्तर रहलान् ?

८ बर्ष अगाडि


काठमाडौं - आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए, विष्णु पौडेल । 

ओली दाहाल दुवैसँग उत्तिकै समदूरी बनाएर उनले दुवै नेताको मन मात्र जितेनन्, शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदसमेत हात पारे । यसै सन्दर्भमा पौडेलसँग पार्टी एकता प्रक्रिया र भावी नेतृत्वका विषयमा गरिएको कुराकानी आजको कान्तिपुरमा छापिएको छ । 

एक प्रश्नको जवाफमा उनले भनेका छन् - यो सरकारलाई नेपाल कम्युनिष्ट पार्टीबाहेक संघीय समाजवादी फोरम र राजपालगायतको समर्थन छ । तर नेकपा स्वयंसँग करिब दुई तिहाइ मत छ । विशेष गरी त्रिशंकू संसदका कारण यसअघि मुलुकले जुन प्रकारको राजनीतिक अस्थिरता र अनिश्चयबाट गुज्रनुपर्यो, त्यो स्थितिको पुनरावृत्ति हुँदैन । किनभने दुई तिहाइ मत छ र अरु दलको समर्थन पनि छ । 

त्यसैले अब पनि अस्थिरता होला कि भन्ने चिन्ता गर्नु पर्दैन । अब मुलुक राजनीतिक अवस्थाबाट गुज्रनुपर्नेछैन । नेकपाले नेतृत्व गर्छ । नेकपाको नाताले केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । प्रधानमन्त्रीको प्रश्नमा अस्थिरता गाँसिएको हो भने, अब अस्थिरता हुँदैन ।

८ बर्ष अगाडि

प्रतिक्रिया