जाने होईन त सेल्फी खिच्न सेल्फी ब्रिज

६ बर्ष अगाडि

सुनसरी – सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा सेल्फी ब्रिज(पुल) निमार्ण भएको छ । 

उक्त पुलको उद्घाटन शनिबार समपन्न भएको हो । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उद्घाटन गर्नुभएको हो । 

रु २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले बताउनुभयो ।

फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया