डोटीमा गोली चल्यो, लुहारेको मृत्यु

६ बर्ष अगाडि


डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जंगली जनावर धपाउन हानेको गोली लागेर आदर्श गाउँपालिका– ५ का १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेका थिए । शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया