वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत डिजलबाट चल्ने गाडी छाडेर विद्युतीय कार चढ्न थालेका छन् ।
आफू र सचिवालयका लागि धेरै सरकारी गाडी दुरुपयोग गरेको आरोप लागेका मन्त्री बस्नेत ५५ लाख मुल्य पर्ने कोना कार चढ्न थालेका हुन्।
विश्वप्रसिद्ध कोरियाली कार उत्पादक हुन्डाईले निर्माण गरेको उक्त कार पूरा चार्ज गरेपछि ३ सय किलोमिटर गुड्ने बताइएको छ।
वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१ अनुसार वायु प्रदुषणका कारण पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधन घटाउँदै लगेर विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने सरकारी नीति छ ।
सोही अनुसार २०२० सम्ममा सरकारी प्रयोगमा २० प्रतिशत विद्युतीय सवारीसाधन ल्याउने र २०३० सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने सरकारको योजना छ ।
विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने सरकारको सोही नीति अनुसार वन तथा वातावरणमन्त्री बस्नेतले दुई हप्ताअघिदेखि नयाँ कार चढ्न लागेका हुन्।
विश्वभर नै पेट्रोल तथा डिजेलबाट चल्ने गाडीलाई विस्तारै विस्थापित गर्ने रणनीतिअनुसार धेरै देशले विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमा जोड दिइरहेका छन्।
नेपालमा अहिले ७ सयको हाराहारीमा विद्युतीय कार, ५ हजार ५ सय मोटरसाइकल र ३५ हजार हाराहारीमा इ–रिक्सा छन्।
प्रतिक्रिया